सुदूरपश्चिम रोयल्सले छान्यो आरिफ शेख र अविनाश बोहरालाई

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान आरिफ शेख सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन्।

CP Hospital Dhangadhi

आइतवार भएको अक्सनमा सेखलाई १५ लाखमा सुदूरपश्चिमले किनेको हो। ग्रेड ए मा रहेका सेखलाई किन्न अक्सनमा तीनवटा टिमले बोलकवल गरेका थिए। उनका लागि अक्सनमा कर्णाली, सुदूरपश्चिम र काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो।

Attariya Hospital

तीन टोलीबीचको प्रतिस्पर्धामा सेखलाई उच्चतम मूल्य १५ लाखमा सुदूरपश्चिमले किनेको हो। त्यस्तै टी–२० क्रिकेटमा डेथ ओभर स्पेस्लिष्टको पहिचान बनाएका बलर अबिनास बोहोरा पनि सुदूरपश्चिम बाट खेल्ने भएका छन्। सुदूरपश्चिम फ्रेन्चाईजीको मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी रहेका छन्।

nawajiwan