
साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत बंगलादेशविरूद्धको उपाधि भिडन्तका लागि नेपाली टोलीमा एक परिवर्तन गरिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा अघिल्लो खेलमा रातो कार्ड पाएकी रेखा पौडेलको स्थानमा सरु लिम्बूले पहिलो रोजाइमा खेल्ने भएकी छिन्।

नेपाली टोली : एन्जिला तुम्बापो सुब्बा (गोलकिपर तथा कप्तान), पूजा राना, विमला विक, अमृता जैशी, रेनुका नगरकोटी, सरु लिम्बू, गीता राना, प्रिति राई, सविता राना मगर, अमिषा कार्की, सावित्रा भण्डारी साम्बा।

नेपालले सेमिफाइनलमा भारतलाई पेनाल्टीमा हराउँदा बंगलादेशले भुटानमाथि ७-१ गोलको जित निकालेको थियो।






























