परम्परागत शैली त्यग्दै , आधुनिक तरीका अपनाउदै कृषक

Image
Nisarga Hospital

बझाङः मुढे घारमा मौरीपालन ब्यावसाय गर्दै आएका मौरी पालक ब्यावसायीहरु पछिल्लो समयमा आधुनिक घार मार्फत मौरीपालन ब्यावसाय गर्न सुरु गरेका छन् । शिक्षा र जनचेतनाको अभावका कारण परम्परागत शैलीमा ब्यावसायि गर्दै आएका किसानहरु पछिल्लो समयमा आधुनिक तरीकाले ब्यावसायी गर्न सुरु गरेका हुन् । जिल्लाका धेरै कृषकहरु अहिले पनी परम्परागत शैलीमा अर्थात मुढे घारमा नै मौरी पालन ब्यावसायी गर्दै आएका छन् ।

CP Hospital Dhangadhi


तर मष्टा गाउँपालिकाका किसानहरुले भने पछिल्लो समयमा आधुनिक तरीकाले मौरीपालन ब्यावसाय गर्न सुरु गरेको छन् । बर्षौ देखी मुढे घारमा नै मौरी पालन गर्दै आएको बताउने मष्टा गाउँपालिका वडा नम्बर ३ भण्डारी गाउँका राजेन्द्र खड्काले, परम्परागत शैलीमा मौरी पालन गर्दा खास्सै फाईदा नभएको सुनाए । आधुनिक घारमा मौरी पालन ब्यावसाय गरेपछी आफुहरुलाई निकै फाईदा भएको बताउदै, आधुनिक घारको विषयमा कुनै पनी जानकारी नभएका कारण आफुहरु परम्परागत शैलिमा नै मौरी पालन गर्दै आएका थियौ । पछिल्लो समयमा मष्टा गाउँपालिका र साहारमा नेपाल संस्थाले यहाँका कृर्षकहरुलाई यस सम्बन्धि सचेतना मुलक कार्यक्रम गरेर जानकारी गरेपछी आफुलाई निकै फाईदा भएको बताए । आफु संग अहिले पनी ८० वटा मौरीको गोला रहेको बताउदै , उनले आधुनिक तरीकाले मौरी पालन गर्ने हो भने , आफ्नो परिवारका कुनै पनी सदस्यले रोजगारीको खोजीमा भारतका शहरमा पस्न नपर्ने अनुभुति आफुलाई भएको सुनाए । उनले भने, ‘घरमा अन्य आयस्रोतको कुनै पनी माद्याम छैन ।

यहि मौरी पालन ब्यावसाय बाट नै सम्पुर्ण छोरा छोरीको लालन पालन देखी घरायसी खर्च र पढाई खर्चको जोहो गर्नु पर्ने बाध्यता छ । १ छोरा, ४ छोरी, दुई बुढाबुढी र बुहारी गरेर ८ जनाको परिवार छ । छोरालाई आई.एस.सी र जेठी छोरी वि.वि.एस. मा अध्यनरत छिन् । एउटा छोरी ९ कक्षामा अध्यनरत छन् भने अन्य २ छोरी बोडीङ स्कुलमा पढ्दै छन् । उनिहरुको सम्पुर्ण खर्च यहि मौरी पालन ब्यावसाय बाट नै गरी रहेको छु । परम्परागत शैली वा मुढेघारमा मौरी पालन गरेका कारण खर्च धान्न समस्या भएर छोरा बुहारी सहित श्रीमति गंगधारा देवि खड्का रोजगारीका लागी भारत जानु भएको छ । अब आफुले आधुनिक घारहरुमा मौरी पालन सुरु गरेर उनिहरुलाई घर बोलाएको बताए । उनले आधुनिक घारहरुमा मौरीपालन गर्दा मनग्य आम्दानि गर्न सकिने बताउदै मौरी पालनमा लागेका सम्पुर्ण कृर्षकहरुलाई आधुनिक घारहरुमा मौरी पालन गर्नु पर्ने सुझाब समेत दिए । साथै उनले आफुले बार्षिक रुपमा न्युनतम एक लाख बढीको मह मात्रै विक्री गर्ने गरेको सुनाए । उनले आफुले सुरुमा मौरीको मह विक्री गर्दा ५० रुपैया प्रति किलोको दरले विक्री गरेको भए पनी अहिले भने प्रतिकिलोको एक हजार रुपैयामा मह विक्री हुने गरेको बताए’।

nawajiwan

Attariya Hospital

यस्तै वडा नम्बर ६ का जोगिलाल जेठाराले समेत आफुले पनी साहारा नेपाल बझाङ द्धारा संचालीत खाद्य सुरक्षा सुधार, दिगो जीविको पार्जन र महिला शशक्तीकरण परियोजना मार्फत मह प्रसोधन र प्याकेजिङ सम्बन्धि तालिम पाएपछी निकै फाईदा भएको बताए । अनुमानको भरमा मौरी पाल्ने र आफुहरुले परम्परागत शैलीमा ब्यावसाय गर्दै आएको भए पनी यस सम्बन्धि ज्ञान आर्जन गरेपछी ब्यावसाय गर्न निकै सहज भएको सुनाए ।

मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर बोहराले यहाँका कृर्षकहरुलाई आत्म निर्भर बनाउनका लागी यस्तै सिप मुलक तालिम कृर्षहरुलाई आवष्यक परेको र पालिकाले पनी सहयोग गर्दै आएको बताए । उनले भने,‘तालिम तालिमका लागी मात्रै नभएर ब्यावहारमा लागु गर्नका लागी तालिम हुनु पर्छ । परम्परागत शैलिलाई छोडेर आधुनिक तरीकाले मौरी पालन ब्यावसाय गर्दा किसानलाई नै राहात र फाईदा हुने भएका कारण पालिकाले अन्य कृर्षकहरुका समस्या प्रति पनी चाँसो राखेको र बजार ब्यावस्थापन देखी अन्य कुराहरुको जिम्मेवारी पनी पालिका लिन तयार रहेका बताए । कृषकहरुलाई मेहनत गरेर मौरीपालन गरी वा अन्य ब्यावसाय गरे भने कुनै पनी ब्याक्तीले विदेश जानु नपर्ने सुझाब दिए’।

यता सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले महिला हिंशा हुनुको प्रमुख कारण महिलाहरु आत्म निर्भर नभएको र मुख्यत आयस्रोतमा महिलाको पुहँच नभएका कारण हिंशाको सिकार हुनु परेको बताईन् । महिला माथि हुने हिंशा अन्त्य गर्न महिलाहरुले सिप मुलक तालिम सिकेर आयस्रोतका कार्यमा लाग्नु अहिलेको अपरीहार्य आवष्यकता भएको बताईन् ।


साहारा नेपालका अध्यक्ष भानुभक्त जोशिले साहारा नेपालले मष्टा गाउँपालिका भरी विभिन्न किसानहरुका समुह बनाएर यस्तै खालका सचेतना मुलक कार्यक्रम र विभिन्न सामाग्रीहरु उपलब्ध गराउदै आएको बताए । पालिका भरी १५ वटा समुह गठन गरेको बताउदै उनले भने,‘साहारा नेपाल बझाङ द्धारा सन्चालित खाद्य सुरक्षा सुधार,दिगो जीविको पार्जन र महिला शशक्तीकरण परियोजना नै लागु गरेका छौ । यहाँका अति विपन्न वर्ग, दलित समुदाय, गरीब र जेहेन्दार नागरीकलाई सिप मुलक तालिम दिएर आत्मनिर्भर हुने तरीकाले कार्यक्रम संचालन गर्दै आएका बताए’।