चैतन्य पाठशालाले भरत विक्रम शाहलाई ब्रान्ड एम्बेसडरमा नियुक्त

Image
Nisarga Hospital

धनगढीस्थित चैतन्य पाठशालाले “फार्वेस्टर्न राइडर”का नामले परिचित साइक्लिस्ट भरत विक्रम शाहलाई आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।

CP Hospital Dhangadhi

सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन र साइक्लिङ संस्कृतिको विकासमा सक्रिय योगदान पुर्‍याउँदै आएका शाहलाई आइतवार चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले औपचारिक रूपमा नियुक्त गरे।

पाठशालाको विहानी प्रार्थना सभामा आयोजित कार्यक्रममा अध्यक्ष जोशीले अभिभावक संघका अध्यक्ष ईश्वर गिरी र प्रधानाध्यापक कटक बहादुर सिंहको उपस्थितिमा शाहलाई नियुक्ति पत्र हस्तान्तरण गरे।

nawajiwan
Attariya Hospital

कार्यक्रममा अध्यक्ष जोशीले सुदूरपश्चिम क्षेत्रको पर्यटन विकास र साइक्लिङ संस्कृतिको प्रवर्द्धनमा शाहको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको बताए।

ब्रान्ड एम्बेसडर नियुक्त भएपछि शाहले चैतन्य पाठशालाको यो सम्मानप्रति आभार व्यक्त गरे। उनले भने, “शिक्षा, संस्कार, प्रकृति र संस्कृति सम्मान गर्ने संस्थाबाट ब्रान्ड एम्बेसडर बन्न पाउँदा खुसी छु। यसले मलाई साइक्लिङ र पर्यटन प्रवर्द्धनमा थप ऊर्जा प्रदान गरेको छ।”

शाहलाई पाठशालाको यो सम्मानले सुदूरपश्चिमको पर्यटन र साइक्लिङ संस्कृतिमा थप नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। गर्‍यो