एसीसी यू-१९ महिला एसिया कपमा नेपालले पाकिस्तानलाई हराउँदै सुपर-४ मा प्रवेश

Image
Nisarga Hospital

मलेसियामा जारी एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै सुपर-४ मा प्रवेश गरेको छ।

CP Hospital Dhangadhi

पाकिस्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्दै २० ओभरमा ५ विकेटको क्षतिमा १०४ रन बनाएको थियो। उसका लागि ओपनर तथा विकेटकिपर कोमल खानले सर्वाधिक ३८ रन बनाइन् भने मोहम अनीसले नटआउट २९ रनको योगदान दिइन्। नेपालका लागि कप्तान पूजा महतोले २ विकेट लिइन् भने रचना चौधरी, रिया शर्मा र सीमाना केसीले १-१ विकेट लिए।

१०५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। कप्तान पूजा महतोले उत्कृष्ट प्रदर्शन गर्दै ४७ बलमा ३ चौकासहित नटआउट ४७ रन बनाइन्। उनले सीमाना केसीसँग पाँचौं विकेटका लागि ४९ रनको साझेदारी गरिन्। सीमाना नटआउट १२ रनमा रहिन्।

nawajiwan
Attariya Hospital

नेपालका ओपनर सना प्रवीनले १० रन बनाएर रनआउट भइन् भने सावित्री धामीले ८ रन र सोनी पाख्रिनले १३ रनको योगदान दिए। ज्योत्स्निका मरासिनी खाता नखोली आउट भइन्।

समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान रहेका छन्। यस खेलसँगै पाकिस्तानले लगातार दुई खेलमा पराजय भोगेर प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले समूहको अन्तिम खेलमा भोलि भारतसँग प्रतिस्पर्धा गर्नेछ।