आर्थिक रुपमा विपन्न परिवारका लागि शौचालय निर्माण

Image
Nisarga Hospital

आर्थिक रुपमा विपन्न परिवारका लागि शौचालय निर्माण गरेर मङ्गलबार धनगढीमा आयोजित एक समारोहका बिच हस्तान्तरण गरिएको छ। जापान, क्यानडा र भारतलगायतका दाताको सहयोगमा उपमहानगरपालिकाका वडा नम्बर १ मा ४३ , २ मा ३८, ३ मा ४०, ४ मा १०, ११ मा ३७ र १३ मा ३२ गरेर दुई सय शौचालय हस्तान्तरण गरिएको रोटरी क्लब आफ पोखरा कास्कीका अध्यक्ष तथा संस्थापक सचिव किरणलाल श्रेष्ठले बताए।

CP Hospital Dhangadhi
Attariya Hospital

यस्तै सोही क्लबको सहयोगमा धनगढीमा विभिन्न विद्यालयका विद्यार्थीलाई झोलासमेत वितरण गरिएको श्रेष्ठले बताए। हस्तान्तरण समारोहमा बोल्नुहुदै सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री प्रकाश देउवाले आर्थिक रुपमा विपन्न परिवारको सरसफाइमा सहयोग पुर्‍याउन क्लबले महत्त्वपूर्ण कार्य गरेको बताए।

nawajiwan