
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालाई सुदूरपश्चिमको भ्रमणका क्रममा धनगढी विमानस्थलमा १५ किलोको मालाले स्वागत गरिएको छ।

आगामी १५औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरूप डडेल्धुराका नेता युवराज पाण्डेसहित कांग्रेसका स्थानीय नेताहरूले उनलाई यो सम्मान प्रदान गरेका हुन्।

भव्य स्वागत कार्यक्रमका क्रममा बाजागाजा, थारु संस्कृति झल्कने पहिरनमा नृत्य, र सुदूरपश्चिमको विशिष्ट हुड्केली नाच प्रदर्शन गरिएको थियो। यो स्वागतले सुदूरपश्चिममा डा. कोइरालाप्रतिको सम्मान र कांग्रेसको एकताप्रति विश्वास झल्काएको छ।































