
भारतले १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटको उपाधि जितेको छ। फाइनल खेलमा भारतले बङ्गलादेशलाई ४१ रनले पराजित गर्दै उपाधि उचालेको हो।

भारतले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा बङ्गलादेश १८.३ ओभरमा मात्र ७६ रनमा अलआउट भयो। बङ्गलादेशका लागि जुआरिया फेरदौसले सर्वाधिक २२ रन बनाइन्। भारतकी आयुषी शुक्लाले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिइन्।
मलेसियाको क्वालालम्पुरमा भएको फाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै ११७ रन बनाएको थियो। भारतका लागि गोन्गाडी त्रिशाले ५२ रनको अर्धशतकीय इनिङ खेलिन्।


बङ्गलादेशका लागि बलिङतर्फ फरजाना इस्मिनले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिइन्।
यस प्रतियोगितामा नेपाल पनि सहभागी रहेको थियो। तर, नेपाल ‘सुपर फोर’ चरणमा प्रवेश गर्न असफल भएको थियो।
भारतको यो जितसँगै १९ वर्षमुनिको महिला क्रिकेटमा एशियाली स्तरमा भारतको दबदबा पुनः स्थापित भएको छ।





























