
डेउडा प्रतिष्ठान केन्द्रीय समितिका पुर्ब अध्यक्ष स्वर्गीय दलबहादुर बोगटीको ७४औं जन्म जयन्तीमा दिप प्रज्ज्वलन कार्यक्रम गरिएको छ ।

डेउडा प्रतिष्ठानका कार्यबाहक अध्यक्ष सुरत रावत (डोटेली कान्छा) का अनुसार स्वर्गीय बोगटीको सम्झना गर्दै आज डेउडा प्रतिष्ठानले प्रतिष्ठानको केन्द्रीय कार्यालय धनगढीमा साहित्यकार, कलाकार , कवि , लेखक सहितको उपस्थितिमा दिप प्रज्ज्वलन गर्नुका साथै एक मिनेट मौन धारण गर्दै उहाँको सम्झना गरेको थियो ।


डेउडा दोहोरीमा अब्बल गायकी डेउडीयाका नामले प्रचलित डेउडिया स्वर्गीय बाेगटीले दर्जनौं गीतमा अभिनय गर्नुका साथै थुप्रै चलचित्र टेलि चलचित्रमा अभिनय गर्नु भएका पूर्वराष्ट्र सेवक कर्मचारी देखि डेउडा प्रतिष्ठान केन्द्रीय कार्य समितिका अध्यक्ष ,राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान कैलाली जिल्लाका पूर्व अध्यक्ष ,राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान सुदूरपश्चिम प्रदेशका पूर्व उपाध्यक्ष ,नेपाल साँस्कृतिक महासंघ कैलाली जिल्ला सदस्य ,सुदूरपश्चिम साहित्य समाज सदस्य ,नेपाल साँस्कृतिक कलाकर्मी संघ कैलाली जिल्लाका पूर्व अध्यक्ष , नेपाल ट्रेड युनियन काँग्रेस कैलाली जिल्ला पुर्ब सदस्य, नेपाल पुर्ब प्रहरी संगठनका पुर्ब अध्यक्ष लगायत दर्जनौँभन्दा बढी संघ संस्थामा आवद्ध पनि रहनु भएकाे थियाे । बिक्रम सम्बत २००८ साल पौष १४ गते जन्मनु भएका बोगटीको २०८१ असोज ३ गते निधन भएको थियो ।































