सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

कतै दलदल छ कतै छ झिल जिन्दगी,
कतै शंघर्ष कतै छ महेफिल जिन्दगी।
उड्न खोज्छन् विना प्वाँखका चरहरू,
पिंजडामा कैद छ कयौँ मिल जिन्दगी।
कसैको हातमा छ लगाम स्वतन्त्र छैन,
उही छ जज जल्लाद व़किल जिन्दगी।
नसोधौँ कहाँ दुख्छ केही छैन उपचार,
चसक्क बिज्यो कतै छ खिल जिन्दगी।
सपना भरिएका आँखा छचल्किन्छन्,
दन्किन्छ न मर्छ यो टिलपिल जिन्दगी।
अड्किएको छ स्वांस गर्छ शङ्खनाथ,
भत्किन लागेकै पहरको डिल जिन्दगी।

CP Hospital Dhangadhi

॥१॥

कुनै आसपास त कुनै खास हुन्छन्,
यही जिन्दगीमा थुप्रै तमास हुन्छन्।
nawajiwan
कसैको राष्ट्र बनाउँने सिपाहीँ छोरा,
मर्छन् घरभित्र जिउँदा लाश हुन्छन्।
खान र लगाउँन बने सेना भाडाका,
उता उनकै लाशमा बक्वास हुन्छन्।
स्वतन्त्रताका गफडिहरू नै स्वार्थमा,
यहाँ विदेशीहरूकै सधैँ दाश हुन्छन्।
सिकौँ युवा गहुँथली सँग पनि कला,
ऊ सँगपनि जिउँने कला रास हुन्छन्।
मनमा उमिद आखामा सपना सबैका,
बिराउदा गनतव्य ति सबै नाश हुन्छन्।
॥२॥
स्वतन्त्र छु भनेर मात्र कहाँ हुन्छ व्यवहार हुनुपर्छ,
यही सरिरको पनि भन्छन् आर्कै हक्दार हुनुपर्छ।
आखिर माटो पर्छ एकदिन खरानी पर्छ अधर यो,
भन्छ मनले मेरै मुट्ठीभित्र यो सारा संसार हुनुपर्छ।
वृद्धाहरूलाई कीन वृद्धाश्रममा पठाउँछौ बाबु हो,
सम्पत्ती माग्दैनन् मिठो बोली नै उपचार हुनुपर्छ।
Attariya Hospital
लाग्छ अचेल राजनीतिको समेत माइने बदलियो,
जीत्नको लागि देशसँग पनि प्यार अपार हुनुपर्छ।
अचेल पानी माथिका ओवाना भेट्टिन्छन् नेता जी,
भन्छ देश खांचो छैन तर आफ्नै सरकार हुनुपर्छ।
युवा देश विदेश जहाँ रहेपनि हाम्रो नजिक रहनु,
साचै तिमी हाम्रो सत्ता जन्माउँने औजार हुनुपर्छ।
॥३॥
छोरा तिम्रो व्यवहारले हाम्रो कदर हुनसक्छ,
अबुझ नबन्नु बा आमाकैपनि रहर हुनसक्छ।
भनेकै हौ बा मलाई यो चाहियो ऊ चाहियो,
अब ठुलाभयौ हामिलाई तिम्रै भर हुनसक्छ।
तिम्रै आस छ आधार छ वृद्धा बा आमालाई,
साथ सहयोग नमिले मलिन अधर हुनसक्छ।
थाहा छ हामिलाई रोजगार छैन हाम्रो देशमा,
विदेशमा त हाम्रै मृत्युपनि वेखबर हुनसक्छ।
एकछाक खाए पनि मिठो बोलौँ सँगै बसौँला,
पातीले बारेकै पनि त्यो प्रेमको घर हुनसक्छ।
सँगसगै बसौँला बाचुञ्जेल धन् किन चाहियो,
तिमी बिना जिन्दगी बिनपानी बगर हुनसक्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८