सुदूरपश्चिममा भूकम्प प्रभावित घर पुनर्निर्माण अछामबाट सुरु

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका अछाम जिल्लामा भूकम्पबाट प्रभावित घरहरूको पुनर्निर्माण प्रक्रिया सुरु भएको छ। मङ्गलसेन नगरपालिका-५ का भूकम्प पीडित खण्टी कामीको घर पुनर्निर्माणका लागि सम्झौतामा हस्ताक्षर गरिएको छ, जसका अनुसार पुनर्निर्माण कार्य प्रारम्भ भएको जानकारी अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले दिएका छन्।

CP Hospital Dhangadhi

विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०८१ बमोजिम मङ्गलसेन नगरपालिका-५ का अध्यक्ष झङ्करप्रसाद भाट र लाभग्राही बीच बिहीबार सम्झौतामा हस्ताक्षर भएको हो। खण्टी कामीको घर पुनर्निर्माणका लागि रु चार लाख खर्च हुने र उक्त रकम स्थानीय तहबाट भुक्तान गरिनेछ।

प्रजिअ लम्सालका अनुसार, भूकम्पबाट पूर्णरुपमा क्षति भएका घरहरूको पुनर्निर्माणका लागि रु चार लाख, आंशिक क्षतिको हकमा रु एक लाख र सामान्य क्षति भएका घरहरूलाई रु ५० हजार अनुदान उपलब्ध गराइने छ।

nawajiwan
Attariya Hospital

विसं २०७९ कात्तिक २२ गते डोटी केन्द्रविन्दु भएको भूकम्पका कारण अछाम जिल्लाका १० स्थानीय तहका पाँच हजार पाँच सय ४० घर प्रभावित भएका थिए। जसअनुसार मङ्गलसेन नगरपालिकामा चार सय ५६, कमलबजार नगरपालिकामा दुई सय ८५, पञ्चदेवल विनायक नगरपालिकामा ७५, चौरपाटी गाउँपालिकामा सातसय ६०, ढकारी गाउँपालिकामा ८९, साँफेबगर नगरपालिकामा दुई हजार चारसय २८, रामारोशन गाउँपालिकामा दुईसय, मेल्लेख गाउँपालिकामा छसय तीन, तुर्माखाँदमा १८ र बान्नीगढी जयगढ गाउँपालिकामा छसय २६ घरमा क्षति पुगेको थियो।

यस पुनर्निर्माण कार्यक्रमले प्रभावित परिवारलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ।