सिवाईसी स्पोट्र्स लिग’ १९ गते देखि हुँदै, गोदावरीमा खेलकुदमार्फत पर्यटकीय स्थल प्रवद्र्धन गर्ने

Image
Nisarga Hospital

गोदावरी नगरपालिकाको अत्तरियामा रहेको सृजनशील युवा क्लबले मैत्रीपूर्ण विभिन्न खेल प्रतियोगिताहरू आयोजना गर्ने भएको छ । क्लबले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै ‘चौथो संस्करण’ को ‘सिवाईसी स्पोट्र्स लिग’ खेल प्रतियोगिता यही फाल्गुन १९ गते देखि सञ्चालन गर्न लागिएको जानकारी दिए । अत्तरिया क्षेत्रकै सबैभन्दा पुरानो रहेको सृजनशील युवा क्लबले यस वर्ष क्रिकेट, फुटबल, र भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

CP Hospital Dhangadhi

पत्रकार सम्मेलनमा सिवाईसी क्लबका अध्यक्ष नरबहादुर राईले क्लबमा आबद्ध सदस्य, व्यवसायी, समाजसेवी तथा शुभचिन्तकहरूको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनले गोदावरी नगरपालिका भित्र खेलकुदको प्रवद्र्धन गर्दै पर्यटकीय स्थलहरूको प्रचार–प्रसार गर्ने उद्देश्यले विभिन्न खेल प्रतियोगिता आयोजना हुन लागेको बताए ।
उनले क्लबले हरेक वर्ष खेलकुद कार्यक्रम सञ्चालन गर्दै आए पनि कोरोना महामारीका कारण रोकिएको थियो । यस वर्ष भने निरन्तरता दिँदै खेल टिमहरूको नामलाई स्थानीय पर्यटकीय स्थलसँग सम्बन्धित गरी पर्यटकीय स्थलहरुको प्रवद्र्धनका लागी पुनःनामकरण गरिएको बताए । जस अन्तर्गत सिवाईसी गोदावरी धाम, सिवाईसी हाटखोली गाजरी, सिवाईसी दोगडे फुलबस्ती, सिवाईसी लामिताल, सिवाईसी भल्का धाम, सिवाईसी बुढीतोला जिरो पोइन्ट, सिवाईसी नायल ताल, सिवाईसी मछेली खोला नामका टिमहरू खेलमा सहभागिता रहेको बताए ।

nawajiwan
Attariya Hospital
oplus_131072

यस्तै क्लबका उपाध्यक्ष शर्मानन्द भट्टले केही वर्षदेखि सञ्चालन गर्न नसकिएको खेललाई पुनः निरन्तरता दिन क्लबले यसै वर्षदेखि सक्रिय रूपमा खेल गतिविधि सञ्चालन गर्न लागेको बताए । उनले खेलकुदमार्फत गोदावरी नगरपालिकाका पर्यटकीय क्षेत्रहरूलाई चिनाउने प्रयास भइरहेको साथै खेल क्षेत्रको प्रवद्र्धनसँगै पर्यटनको विकास गर्ने उद्देश्यले क्लबले महत्वपूर्ण भूमिका निर्वाह अपेक्षा राखिएको बताए । सम्मेलनमा क्लवका सदस्य विक्रम विष्टले खेलकुद प्रतियोगिताले नयाँ पुस्तालाई खेलमा जोड्न सहयोग गर्ने विश्वास लिइएको साथै विशेष गरी युवालाई लक्षित गर्दै, समाजमा बढ्दै गएको लागूऔषध दुव्र्यसन तथा अन्य नकारात्मक क्रियाकलाप नियन्त्रण गर्न पनि यसले योगदान दिने अपेक्षा गरिएको बताए ।

खेल संयोजक रजत शाहीले क्लवमा आबद्ध साथै विभिन्न समाजसेवी, शुभचिन्तक व्यक्तित्वहरू २५ वर्ष देखि ५० वर्ष सम्मलाई हरेक टीममा ४ जना भेट्रानलाई सहभागी गरी विभिन्न टीममा विभाजन गराई खेल आयोजना गरिने भएको बताए । आयोजना हुन् गइरहेको खेलहरुमा क्रिकेट खेल गोदावरी नगरपालिका वडा नं ३ चौकीडाँडा सामुदायीक बनमा रहेको खेलमैदानमा हुने भएको साथै फुटबल, भलिबल क्लबको खेलमैदान गरिने भएको बताए । फुटबलमा पेनाल्टी सुट आउट रहेको छ ।

मैत्रीपूर्ण खेल प्रतिस्पर्धा चैत १ गते समापन गरिने भएको छ । उनले प्रतियोगितामा २ लाख पुरस्कार राशि राखिएको छ । २०५४ सालमा स्थापना भएको क्लवले स्थापना काल देखि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।