धनगढीमा जारी सीप तथा रोजगार मेला समापन

Image
Nisarga Hospital

अत्तरिया : धनगढी उपमहानगरपालिका वडा नम्बर १ को खुला मञ्चमा जारी सीप तथा रोजगार मेला समापन भएको छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा सञ्चालित उक्त मेला शनिबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।

CP Hospital Dhangadhi

मेलामा सहभागि प्रशिक्षार्थी र प्रशिक्षकहरुलाई प्रमाण–पत्र हस्तातरण गर्दै मेलाको समापन भएको थियो । कार्यक्रममा प्रमुख अतिथी तथा उपप्रमुख कन्दकला रानाले सीप तथा रोजगार मेलाले गर्दा आफूहरुमा आत्मानिर्भर मात्रै नभई आत्माबल समेत बढेको बताइन् । उनले मेलाले गर्दा उपमहनगरपालिकाको मात्रै नभई सुदूरपश्चिमकै आर्थिक समृद्धि भएको बताइन् ।

अहिले कयौँ युवाहरु विदेश पलायन गरिरहेका बेला मेलाले गर्दा उपमहनगरपालिका प्रति आर्कषण समेत बढेको उनले बताइन् । मेलाले गर्दा उपमहनगरपालिकाको ठूलो महत्वपूर्ण विकास र योजना सफल भएको उनले बताइन् । उनले आग्रामी वर्षहरुमा पनि मेलालाई निरन्तरता दिने बताइन् ।

nawajiwan
Attariya Hospital

उपमहानगरपालिकाले फागुन ८ गतेदेखि सञ्चालित विभिन्न आठ वटा विधामा २९ वटा प्रकारका तालिमहरु सुदूरपश्चिमका नौ जिल्लाका ३९ स्थानीय तहका युवाहरुलाई सीप तालिम प्रदान गरेको थियो । तालिममा सहभागी हुनेमा पाँच सय ७० जना पुरुष र चार सय ७० जना महिला छन् ।

तालिका लागि सुदूरपश्चिमका ८८ स्थानीय तहबाट आवेदन दिएका चार हजार आठ सय ३० जनामध्ये अन्तिम छनौटमा परेका एक हजार ४० जना युवाहरुले सीप सिकेका हुन् ।

छनौट युवाहरुलाई तालिम अवधि भर एक महिना सीप तालिम दिइएको थियो । सीप तथा रोजगार मेलामा मोबाइल तथा सीसीटीभी मर्मत, बिल्डिङ इलेक्ट्रिकल, एसी तथा रेफ्रिजेरेटर मर्मत, अटो क्याड, हार्डवेयर नेटवर्किङ, ग्राफिक्स डिजाइनिङ, डिजिटल मार्केटिङ, पुरोहित तालिम, इसीडी वालविकास शिक्षक, फेसन डिजाइन, एडभान्स टेलरिङ, हेयर कटिङ तथा स्टाइलिङ, नाई (बार्बर), एडभान्स ब्युटिसियन, प्लम्बिङ, वेल्डिङ, इलेक्ट्रिक भेहिकल (ईभी) मर्मत तथा लेखा व्यवस्थापन तालिम सञ्चालन गरिएको थियो । यस्तै सांस्कृतिक पोसाक निर्माण, बेतबाँस क्राफ्ट, टायल तथा मार्बल फिक्स्चर, डकर्मी, मोटरसाइकल तथा स्कुटर मर्मत, रिसेप्सनिष्ट, वेटर, कफी बारिस्टा, हाउस पेन्टिङ, फर्निचर तथा फास्टफुड कुकिङ तालिम सञ्चालन गरिएको थियो । सीप तथा रोजगार मेलाका लागि दुई करोड ५० लाख रुपैयाँ खर्च भएको उपमहानगरपालिकाले जनाएको छ ।