धनगढीमा संस्कार क्रिकेट लिग टी–२० सिनियर प्रतियोगिता हुने

Image
Nisarga Hospital

अत्तरिया : धनगढीमा चैत ३० देखि वैशाख ७ गतेसम्म सञ्चालन हुने टिम ११ संस्कार क्रिकेट लिग टी–२० सिनियर प्रतियोगिता हुने भएको छ । आयोजक संस्था गोदावरी नगरपालिका–८ अन्तर्गत रहेको संस्कार विद्याश्रम मन्टेश्वरी स्कुलले बिहिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगीताको तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।

CP Hospital Dhangadhi

फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा कैलालीका १२ र एक डोटीको गरी जम्मा १३ वटा टिमहरू सहभागी हुनेछन् । प्रतियोगीताको मुख्य प्रायोजक टिम ११ काठमाडौँ रहेको र अन्य स्थानीय स्तरमा रहेका संघ संस्थाले प्रायोजन गरेर साथ दिएको प्रतियोगीताका निर्देशक रामचन्द्र शाहीले जानकारी दिए । प्रतियोगीताको विजेता टिमले नगद १ लाख ११ हजार १ सय १ रुपैयाँ, उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीले ५ हजार ५ सय ५५ रुपैयाँको पुरस्कार प्राप्त गर्नेछन । प्रतियोगिताका संयोजक रामचन्द्र शाहीले प्रतियोगिता सफल बनाउन सबैलाई आग्रह गरे ।

Attariya Hospital

शाही तिनै व्यक्ती हुन जस्ले धनगढीमा विगत एक दशकदेखि नियमित ग्रासरुटजन्य क्रिकेट प्रतियोगिताहरू आयोजना गर्दै आएका छन । लिटल फ्लावर प्रिमियर लिगको रुपमा स्थापित टी–२० क्रिकेट प्रतियोगीता एक लोकप्रीय प्रतियोगीतामा रुपमा रहँदै आएको थियो ।

nawajiwan

पत्रकार सम्मेलनमा बोल्दै रामचन्द्र शाहीले आफ्नो अवस्था जहाँपुगे पनि नेपाली क्रिकेटलाई माया गर्न नछाड्ने पनि बताएका छन । पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सल्लाहकार दिपक सुरी,पत्रकार महासंघ कैलालीका पूर्व अध्यक्ष जगत साउँद, कार्यसमिित सदस्य कैलाश जोशी, गगन अएडी, क्रिकेट प्रशिक्षक ज्ञानेन्द्र दडीमाना क्षेत्री, क्यूरेटर किशन महत, स्कोर लोकेश जोशी लगायतको उपस्थिति रहेको थियो ।

Advertize US