विश्वकप लिग २: स्कटल्याण्डसँगको खेलमा नेपाललाई २९७ रनको चुनौती

Image
Nisarga Hospital

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डसँगको खेलमा नेपालले २९७ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ। डुनेडीनमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनायो।

CP Hospital Dhangadhi

स्कटल्याण्डका लागि ओपनर चार्ली टियरले सर्वाधिक ८० रन बनाए भने फिनले म्याकरिथले ५५, कप्तान रिची बेरिङटनले ४० र म्याथ्यु क्रसले ३९ रनको योगदान दिए।

Attariya Hospital

नेपालका बलरहरूमध्ये करण केसीले १० ओभरमा ४३ रन खर्चेर २ विकेट लिए। सोमपाल कामी र रिजन ढकालले पनि समान २–२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए।

nawajiwan

यसअघि भएको ८ ओडिआई खेलमध्ये नेपालले ४ जित्दा स्कटल्याण्डले ३ जितेको छ। पछिल्ला चार खेलमा नेपाल अपराजित रहँदै ३ जित र १ नतिजाविहीन खेलेको छ।