टी–२० आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन नयाँ अनुहार समावेश

Image
Nisarga Hospital

नेपाल क्रिकेट संघ (क्यान) ले स्कटल्याण्डमा हुने टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोली आइतबारदेखि सुरु हुने प्रतियोगितामा सहभागी हुनेछ।

CP Hospital Dhangadhi

पूर्वनिर्धारित टोलीलाई निरन्तरता दिइएको भए पनि चोटका कारण मुख्य खेलाडी गुल्सन झा र सोमपाल कामी बाहिरिएका छन्। उनीहरूको स्थानमा किरण ठगुन्ना, लोकेश बम र रुपेश के सिंहलाई टोलीमा समावेश गरिएको छ। किरण पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् भने रुपेश सिंह यसअघि हङकङ भ्रमणमा टोलीमा परेपनि डेब्यु गरेका छैनन्। लोकेश बम भने पहिलेदेखि नै टोलीमा समावेश हुँदै आएका हुन्।

Attariya Hospital

सिरिजमा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी छन्। नेपालले असार २ गते नेदरल्यान्ड्स र असार ३ मा स्कटल्यान्डसँग खेल्नेछ। असार ५ र ६ मा पुन: क्रमशः नेदरल्यान्ड्स र स्कटल्यान्डसँग खेल हुनेछ।

nawajiwan

टोलीमा कप्तान रोहित पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, अनिल शाह, भीम सार्की, दीपेन्द्र ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, नन्दन यादव, रिजन ढकाल र बसिर अहमद छन्।

# ट्रेण्डिङ