आजका लागि कोशी, बागमती र गण्डकीमा भारी वर्षाको चेतावनी, बाकी प्रदेशमा चट्याङसँगै सामान्य वर्षाको सम्भावना

Image
Nisarga Hospital

देशभर मनसुनी सक्रियता बढेसँगै मौसममा व्यापक परिवर्तन देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनको प्रभाव छ भने पश्चिम क्षेत्रहरूमा पश्चिमी वायु र स्थानीय वायुले असर पारेको छ।

CP Hospital Dhangadhi

मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो तथा डुबानको जोखिमलाई लिएर सतर्कता अपनाउन विभागले सुझाव दिएको छ। विशेष गरी उच्च पहाडी र हिमाली भू–भागहरूमा पनि मौसम खराब रहने भएकाले यात्रा र जनजीवनमा प्रभाव पर्न सक्ने देखिन्छ।

nawajiwan
Attariya Hospital

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भेगका केही स्थानहरूमा हिमपातको सम्भावना पनि रहेको छ। बाँकी पहाडी क्षेत्रमा पनि हल्का वर्षा र हिउँ पर्ने पूर्वानुमान गरिएको छ।

विभागले संभावित प्राकृतिक जोखिमका कारण सतर्कता अपनाउन सर्वसाधारण, स्थानीय प्रशासन र सम्बन्धित निकायलाई आग्रह गरेको छ। अत्यधिक वर्षा हुने सम्भावित क्षेत्रमा आवश्यक पूर्वतयारी गर्न र जोखिमयुक्त क्षेत्रमा नजान पनि अनुरोध गरिएको छ।