त्रिदेशीय टी–२० क्रिकेट: स्कटल्याण्डमाथि नेपालको २ विकेटको रोमाञ्चक जित

Image
Nisarga Hospital

स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले घरेलु टोली स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ। स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो।

CP Hospital Dhangadhi

नेपालका ओपनर कुशल भुर्तेलले ४ चौका सहित सर्वाधिक ३० रन बनाए। अन्य खेलाडीमध्ये दीपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन जोडे। अन्तिममा सन्दीप लामिछाने (१ रन) र करण केसी (३ रन) अविजित रहेर जित सुनिश्चित गरे। स्कटल्याण्डका माइकल लिस्क र सफायान सरिफले समान २–२ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ थालेको स्कटल्याण्डले १९.४ ओभरमा ९७ रनमा समेटिएको थियो। माइकल लिस्कले सर्वाधिक ४७ रन बनाए भने अन्य ब्याट्सम्यान खासै प्रभावशाली हुन सकेनन्।

nawajiwan
Attariya Hospital

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे। करण केसी र दीपेन्द्रसिंह ऐरीले २–२ तथा ललित राजवंशीले १ विकेट लिए।

अब नेपालले सिरिज अन्तर्गत तेस्रो खेल नेदरल्यान्ड्सविरुद्ध बिहीवार खेल्नेछ।