आजका लागि देशभरका यी स्थानमा भारी वर्षा र चट्याङको चेतावनी! यी पाँच प्रदेशमा जनजीवन प्रभावित हुने सम्भावना

Image
Nisarga Hospital

देशका विभिन्न भागमा मौसमी प्रणालीको दोहोरो प्रभाव देखिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मनसुन सक्रिय छ भने पश्चिम भूभागमा पश्चिमी वायु र स्थानीय प्रणालीको आंशिक प्रभाव परेको छ।

CP Hospital Dhangadhi

यसको कारण आज देशभर आंशिकदेखि पूर्ण बदलीको अवस्था रहेको छ। बागमतीका केही स्थान र कोशी, लुम्बिनी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो र राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशका केही भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, यीमध्ये केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावनासमेत देखिएको छ।

nawajiwan
Attariya Hospital

देशका उच्च पहाडी र हिमाली भूभागहरूमा हल्का वर्षासहित हिमपात हुने पूर्वानुमान गरिएको छ।

मौसममा तीव्र परिवर्तनका कारण जनजीवन, कृषि, स्वास्थ्य, यातायात र हवाई उडानमा असर पर्ने सम्भावना रहेकोले मौसम पूर्वानुमान महाशाखाले सर्तकता अपनाउन अपिल गरेको छ। विशेषगरी भारी वर्षा हुने क्षेत्रका बासिन्दालाई सचेत रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ।