देशभर आंशिकदेखि सामान्य बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

देशका विभिन्न भागमा मनसुनी वायु, पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ भने पश्चिम नेपालमा पश्चिमी र स्थानीय वायु सक्रिय छन्। साथै, भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव नेपालमा देखिएको छ।

CP Hospital Dhangadhi

यसको असरस्वरूप देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, मधेस, बागमती प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसोको पूर्वानुमान:
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका केही स्थान र अन्य क्षेत्रका थोरै ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्नेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका केही तराई भूभागमा हुरी बतास चल्न सक्ने सम्भावना पनि महाशाखाले जनाएको छ।

nawajiwan
Attariya Hospital

रातिको पूर्वानुमान:
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी क्षेत्रमा केही स्थान र अन्यत्र थोरै ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

मौसममा यस्ता परिवर्तनका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।