गोदावरी नदीमा फसेका ६ जनाको सकुशल उद्धार

Image
oplus_0
Nisarga Hospital

गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा आएको आकस्मिक बाढीका कारण टापुमा फसेका कञ्चनपुरको झलारीका ६ जनाको सकुशल उद्धार गरिएको छ।

CP Hospital Dhangadhi
oplus_0

बुधवार श्राद्ध गर्न गएका ती नागरिकहरू काठेपुल नजिक नदीको बिच भागमा फसेका थिए। जिल्ला विपत् व्यवस्थापन को टीम, प्रमुख जिल्ला अधिकारी, गोदावरी नगर प्रमुख बिरेन्द्र भट्टको नेतृत्वमा गएको उद्धार टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहकार्यमा उनीहरूलाई सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले जानकारी दिए।

nawajiwan
Attariya Hospital

नगर प्रमुख भट्टले घटनास्थल पुगेर उद्धार कार्यमा समन्वय गरेकामा सबै सुरक्षाकर्मी र स्थानीयलाई धन्यवाद व्यक्त गरेका छन्।

उनीहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त सहयोगमा सकुशल उद्दार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रण बहादुर चन्दले बताए ।

उद्दार गरिएकाहरुमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका – ६ बस्ने बर्ष ६५ वर्षीय पल्लु शार्की, सोही ठाउँका ६५ वर्षीय भागेश्वरी शार्की, १२ वर्षीय योगेश शार्की, ३५ वर्षीय बिकट शार्की, ३५ वर्षीय बिर शार्की र बेदकोट नगरपालिका – ७ का २८ वर्षीय अब्दुल शार्की रहेका छन ।