सर्लाहीमा शिक्षकको गोली हानी ह*त्या, प*क्रा*उ परेका एक घाइते

Image
Nisarga Hospital

सर्लाहीमा एक जना शिक्षक रामपुकार यादव को गोली हानी हत्या भएको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार राति साढे ८ बजे घर अगाडि मोटरसाइकलमा आएका हतियारधारीले यादवमाथि गोली प्रहार गरेका थिए। टाउकोमा लागेको गोलीका कारण गम्भीर घाइते भएका यादवलाई उपचारका लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।

Attariya Hospital

गोली हानेर भाग्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक व्यक्ति पक्राउ परेको छ। पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन। उनी पनि गम्भीर घाइते भएका कारण सर्लाहीको लालबन्दी मोडेल अस्पतालबाट प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको लागि पठाइएको छ।

nawajiwan

प्रहरीले घटनामा संलग्न अन्य केही व्यक्तिहरू फरार रहेको र खोजी जारी रहेको जनाएको छ।