
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो सिजन आगामी मंसिर १ गतेदेखि २७ गतेसम्म हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालिले लिगको मिति सार्वजनिक गरेको हो।

लिगको दोस्रो सिजनमा सातवटा फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुने जनाइएको छ। पहिलो सिजनपछि लामो समय स्थगित हुँदै आएको एनपिएल यसपटक पुनः आयोजना गर्न लागिएको हो।

आयोजकले चाँडै लिगसम्बन्धी थप जानकारी सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।





















