सुदूरपश्चिम समृद्धिको प्रवेशद्वार : वैदेशिक लगानीकर्तालाई डा. आरजु राणाको आह्वान

Image
Nisarga Hospital

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध विशाल सम्भावनामा वैदेशिक लगानी गर्न आग्रह गरेकी छन्।

CP Hospital Dhangadhi

आगामी नोभेम्बर १७–१८ मा धनगढीमा आयोजना हुने सुदूरपश्चिम लगानी तथा विकास सम्मेलनको तयारीका क्रममा आज परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा उनले सुदूरपश्चिमलाई प्रकृति, स्रोत र सम्पदाले सम्पन्न क्षेत्र भन्दै लगानीमैत्री गन्तव्यको रूपमा प्रस्तुत गरिन्।

Attariya Hospital

डा. राणाले सुदूरपश्चिमलाई जलविद्युत्, कृषि, पर्यटन, सिमापार व्यापार, शहरी तथा डिजिटल पूर्वाधार, खानी उद्योग र नवीकरणीय ऊर्जा जस्ता क्षेत्रमा असीम सम्भावना भएको भन्दै “सुदूरपश्चिम नेपालकै समृद्धिको प्रवेशद्वार हो” भनिन्।

nawajiwan

उनले वैदेशिक लगानी आकर्षित गर्न कानुनी सुधार र लगानीमैत्री वातावरण निर्माण भइसकेको उल्लेख गर्दै प्रदेश सरकारले आफ्नै पहलमा विकासका मोडल अघि बढाउनुपर्नेमा जोड दिइन्।