लिपुलेक सम्झौतामा ओलीको आपत्ति, चीनसँग सहयोगको अपेक्षा

Image
Nisarga Hospital

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत–चीन सहमतिप्रति आपत्ति जनाएका छन् ।

CP Hospital Dhangadhi

परराष्ट्र सचिव अमृत राईका अनुसार शनिबार दिउँसो भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले उक्त भू–भाग नेपालकै भएको प्रष्ट पार्दै आपत्ति राखेका हुन् ।

‘सुगौली सन्धि १८१६ अनुसार महाकालीपूर्वका भूभागहरू सार्वभौम मुलुक नेपालकै हुन् । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्ने विश्वास राखेको छु,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै राईले बताए ।

nawajiwan
Attariya Hospital

भेटका क्रममा नेपाल–चीनबीचको मित्रवत सम्बन्ध र सहकार्यका विषयमा पनि कुराकानी भएको र सम्बन्ध अभिवृद्धि गर्ने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेको परराष्ट्र सचिव राईले जानकारी दिए ।

प्रधानमन्त्री ओली शनिबारै चीनको औपचारिक भ्रमणमा गएका हुन् । एससिओ शिखर सम्मेलनमा सहभागी हुन २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी चीन पुगेका छन् । भ्रमण क्रममा ओलीले बेइजिङमा हुने ८०औँ वार्षिकोत्सवका साथै तियान्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ । साथै, उनले सहभागी विश्व नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने पनि तय भएको छ ।