२०८४ मा एकीकृत समाजवादीको बहुमत सरकार बनाउँछु : बामदेव गौतम

Image
Nisarga Hospital

अत्तरिया: नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता बामदेव गौतमले २०८४ को निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्‍याउने संकल्प व्यक्त गरेका छन्।

CP Hospital Dhangadhi

शनिबार धनगढीमा आयोजित कैलाली जिल्ला कमिटीको १६ औं विस्तारित बैठकमा बोल्दै उनले भने, “८४ को निर्वाचनमा एकीकृत समाजवादी बहुमतमा पुग्छ, यसको सरकार बन्छ, यो मेरो संकल्प हो।”

Attariya Hospital

गौतमले आफ्नो संकल्पकै कारण देशमा गणतन्त्र आएको दाबी गर्दै आगामी निर्वाचनमा पनि नेता–कार्यकर्ताले संकल्पसहित अघि बढ्नुपर्ने बताए। उनले गरिबी अन्त्य गर्दै समाजवादी सरकार बनाउनु अहिलेको मुख्य लक्ष्य भएको स्पष्ट पारे।

nawajiwan