अमेरिकाबाट थप ३७ नेपाली डिपोर्ट, चार्टर उडानमार्फत आज काठमाडौं ल्याइँदै

Image
Nisarga Hospital

अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका ३७ नेपालीलाई बुधबार चार्टर विमानमार्फत काठमाडौं ल्याइँदैछ। अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार, अमेरिकाबाट पठाइनेबारे औपचारिक जानकारी प्राप्त भइसकेको छ।

CP Hospital Dhangadhi

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि अहिलेसम्म दुई सयभन्दा बढी नेपालीलाई डिपोर्ट गरिएको छ। यद्यपि, अध्यागमनले डिपोर्ट भएका सबै नागरिकको विवरण सार्वजनिक गरेको छैन। हालसम्म स्वदेश फर्काइएकामध्ये नेपाली नागरिकहरू २८ जिल्लाका रहेको बताइएको छ।

Attariya Hospital

बुधबार ‘उडान नम्बर एन८२८एएक्स’ जहाजमार्फत पठाइने यी ३७ जना नेपाली अमेरिकामा कागजविहीन आप्रवासीको रूपमा बसोबास गर्दै आएका थिए। ट्रम्प प्रशासनले सुरुमा स्वेच्छाले स्वदेश फर्किन आग्रह गरे पनि अनुरोध अस्वीकार गर्नेहरूलाई जबरजस्ती खोजी गरी डिपोर्ट गर्दै आएको छ।

nawajiwan
Advertize US