सरकारको निर्देशनमा २६ सामाजिक सञ्जाल नेपालमा बन्द, इन्टरनेट प्रदायकलाई प्राधिकरणको पत्राचार

Image
Nisarga Hospital

सरकारले नेपालमा लोकप्रिय सामाजिक सञ्जालसमेत २६ प्लेटफर्म बन्द गर्ने निर्णय गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई पत्र पठाएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

बन्द हुने सूचीमा विश्वभर प्रचलित प्लेटफर्महरू पनि परेका छन्। यसअन्तर्गत फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, व्हाट्सएप, ट्विटर (एक्स), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कोर्ड, पिन्टेरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, कोरा, टम्बलर, क्लबहाउस, मास्टोडन, रम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रो छन्।

सर्वोच्च अदालतको आदेशअनुसार सरकारले सामाजिक सञ्जाल अनिवार्य सूचीकरणमा ल्याउन निर्णय गरेको थियो। तर तोकिएको समयसीमाभित्र दर्ता नभएका सञ्जाललाई चरणबद्ध रूपमा बन्द गर्ने प्रक्रिया अगाडि बढाइएको हो।

यससँगै नेपालमा टिकटक, भाइबर, निम्बुज, विटक र पोपोलाइभ जस्ता केही सञ्जाल मात्रै चल्नेछन्।

# ट्रेण्डिङ