
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा दक्षिणतर्फ र पूर्वमा सरदर स्थान आसपास रहेको छ। यसको प्रभावले सुदूरपश्चिमसहित पहाडी भूभागमा सामान्य बदली र अन्यत्र आंशिक बदली देखिएको छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी, मधेस र पहाडी भूभागमा सामान्य बदली रहने र कोशी, बागमती, गण्डकीका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ।

आज राति पनि देशभर सामान्य बदली रहने अनुमान गरिएको छ। विशेषगरी कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।






























