भारतले नेपालको नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्यो

Image
Nisarga Hospital

पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै नेपालको नयाँ अन्तरिम सरकार गठन गरेपछि छिमेकी मुलुक भारतले यसलाई स्वागत गरेको छ।

CP Hospital Dhangadhi

भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गर्दै भनेको छ, “हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ। यसले शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्नेछ भन्ने आशा छ।”

Attariya Hospital

विज्ञप्तिमा दुई देश र जनताको कल्याण तथा समृद्धिका लागि भारतले नेपालसँग मिलेर निरन्तर काम गरिरहने प्रतिवद्धता समेत व्यक्त गरिएको छ।

nawajiwan
Advertize US