देशभर कर्फ्यू हटेसँगै स्थानीय सेवा र विद्यालय सञ्चालन, क्षतिग्रस्त कार्यालय वैकल्पिक व्यवस्थापन गरी पुनःखुल्ने

Image
Nisarga Hospital

जेनजी आन्दोलनपछि लगाइएको कर्फ्यू र निषेधाज्ञा हटेसँगै आजदेखि स्थानीय तहका सेवा र विद्यालय सञ्चालन हुने भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै पालिकालाई सेवा अघि बढाउन सर्कुलर जारी गरेको छ।

CP Hospital Dhangadhi

क्षतिग्रस्त कार्यालयलाई वैकल्पिक स्थानमा सारेर अत्यावश्यक सेवा चलाउने व्यवस्था गरिएको छ। सिंहदरबारभित्रका कार्यालय पनि वैकल्पिक व्यवस्थापनमा सञ्चालन हुनेछन्। स्थानीय तह र जिल्ला प्रशासनले सबैभन्दा धेरै सेवाहरू सञ्चालन गर्दै आएका छन्। शिक्षा मन्त्रालयले पनि स्थिति सामान्य भएपछि आइतबारदेखि विद्यालय खोल्न निर्देशन दिएको छ।

Attariya Hospital

सम्बन्धित पालिकाले विद्यालय सञ्चालनबारे स्थानीयस्तरमा जानकारी दिनेछन्। आन्दोलनका कारण देश केही दिन ठप्प भएको थियो भने अपुरणीय मानवीय र भौतिक क्षति पनि भएको छ। आन्दोलनपछिको राजनीतिक अस्थिरतामा सरकारले ढल्ने र सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएपछि संसद विघटनको निर्णय भएको छ।

nawajiwan

# ट्रेण्डिङ