कबिताः- क्रम-भंगता

Image
Nisarga Hospital

चर्चा गर्ने ॲझै धेरै, तरीका हुन सक्तछन्।
मौनताले पनि धेरै, कहानी भन्न सक्तछन्।

CP Hospital Dhangadhi

न कोट्याऊ सधैं घाऊ, जो भयो बिर्सिद्यौ अब ।
नयॅा संसार खोजेर, त्यसै तर्फ अघि बढ ।

कस्ले जित्न सकेको छ, बिधिको मन्परी यहॅा?
धर्तीमै गाडिएका छन्, चक्रवर्ती कहॅा कहॅा ।

nawajiwan

यो हो समयको शक्ति, यस्ले के के गराउॅछ।
भीम अर्जुनकै सामु, पांचाली नग्न पार्दछ ।

सक्तैन स्थिर भै बस्न, कसैको पनि आसन।
आज बस्छ कुनै यौटा, भोली आर्कै कुनै जन।

के होला भोली कस्ले यो, किटानी गर्न सक्तछ।
भव्य अट्टालिका भोली माटोमा मिल्न सक्तछ।

Attariya Hospital

सिनेमा सरि नै हुन्छ, मान्छेको जिन्दगी पनि।
दृश्य फेरीरहन्छन् नै, सुखका दुखका पनि।

हजारौं कल्पना हुन्छन्, मान्छेका पनि मार्गमा।
तर गन्तव्यमा पुग्ने, प्रत्याभूति छ नै कहॅा?

निद्राका सपना सप्पै, निद्रामा नै बिलाउॅछन्।
ब्यूंझिदा फेरी आर्को नै, सत्यतामा पु-याउॅछन्।

स्वप्नभंग हुंदै जान्छन्, मर्दैनन् स्वप्न तैपनि।
स्वप्नकै पूर्तिको आशा, राख्छ मान्छे सधैंभरी।

✍️ डा. टेकराज पन्त
महेन्द्रनगर, कञ्चनपुर

Advertize US