वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि नेपाली टिम घोषणा, शाहब आलम पनि टिममा

Image
Nisarga Hospital

सेप्टेम्बर अन्तिम सातामा यूएईमा हुने नेपाल–वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई शृंखलाका लागि नेपालले अन्तिम टोली घोषणा गरेको छ। यसपटक आदिल अन्सारी र सन्दीप जोराले पुनरागमन गरेका छन्। अन्सारीले २०२२ पछि पहिलोपटक स्थान पाए भने जोरा २०२४ टी-२० विश्वकपपछि पहिलोपटक टोलीमा फर्किएका हुन्। दुवै खेलाडीले भारतको आसाममा सम्पन्न नेपाल ‘ए’ र स्थानीय टिमबीचको पाँच खेलको टी-२० शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए।

CP Hospital Dhangadhi

कप्तानमा रोहित पौडेल र उपकप्तानमा दिपेन्द्र सिंह ऐरीलाई जिम्मेवारी दिइएको छ। विकेटकिपरका रूपमा आसिफ शेख चयन भएका छन्। सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, मोहम्मद आदिल आलम, आरिफ शेख, सन्दीप जोराले, करण केसी, नन्दन यादव, गुलशन झा, ललित नारायण राजवंशी, सोमपाल कामी र शाहब आलम टिममा परेका छन्।

Attariya Hospital

क्यानले टिमको घोषणा गर्दै युवा तथा अनुभवी खेलाडीको संयोजनले वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धात्मक खेल प्रदर्शन हुने विश्वास व्यक्त गरेको छ। नेपाली क्रिकेट प्रेमीले यस सिरिजलाई टिमको क्षमता परीक्षण गर्ने सुनौलो अवसरका रूपमा लिएका छन्।

nawajiwan
Advertize US