एसिया कप क्रिकेटमा बंगलादेशको रोमाञ्चक विजय : अफगानिस्तान ८ रनले पराजित

Image
Nisarga Hospital

एसिया कपमा बंगलादेशले अफगानिस्तानमाथि ८ रनको जित निकालेको छ। मंगलबार राति यूएईमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा पाँच विकेट गुमाउँदै १५४ रनको चुनौती प्रस्तुत गर्‍यो।

CP Hospital Dhangadhi

बंगलादेशका तन्जीव हसनले ३१ बलमा तीन छक्का र चार चौकासहित ५२ रनको अर्धशतक प्रहार गरे। बलिङतर्फ अफगानिस्तानका रासिद खान र नोह अहमदले दुईदुई विकेट लिए।

१५५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको अफगानिस्तानले पूरा २० ओभर खेल्दै १४६ रनमा समेटियो। रहमानुल्लाह गुरबाजले ३५, अज्मतुल्लाह ओमारजाईले ३० र कप्तान रासिद खानले ११ बलमा २० रन जोडे पनि जितका लागि त्यो पर्याप्त भएन।

nawajiwan
Attariya Hospital

अफगानिस्तानलाई रोक्न बंगलादेशका मुस्ताफिजुर रहमानले तीन विकेट, तस्किन अहमद र रसिद हुसेनले दुईदुई विकेट हात पारे।

यस जितसँगै बंगलादेशले चार अंक जोडेर दोस्रो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ भने अफगानिस्तान दुई अंकसहित दबाबमा परेको छ।

# ट्रेण्डिङ