सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

कस्को स्वार्थ पुराभयो निर्दोशको लाश बनाएपछि,
भुले उन्का सपना आफै संसदमा बास बनाएपछि।
न नियम चाहियो न चाहियो कानुन उनैलाई आज,
जनताहरूलाई नै आफुले आफ्नो दाश बनाएपछि।
किन झुक्थे यिनी जनताको सामु सत्ताको मातमा,
साम्राज्यवादी शक्तिलाई आफ्नै खास बनाए पछि।
भन्छन् देशमा विकास हुनसकिन कहिले नेताहरू,
कसरी हुन्थ्यो विकास आतङ्को रास बनाए पछि।
साधन श्रोत न भएको कहाँ हो देशभित्र छ सबै त,
के हुन सक्दैन नेपाली आफ्नो सहास बनाए पछि।
सबै भन्दा ठुलो नेपाली नै बन्नु छ पहिचान आफ्नो,
अखण्ड रहिरहने छ देश हियाको पास बनाए पछि।

CP Hospital Dhangadhi

॥१॥

यो दशैँको पर्व पनि खास हुन सकिन,
आएर पनि हाम्रो यो पास हुन सकिन
उदाङ्गिन्छ जती छोपे तापनि मदारीले,
फाटेको जालमा यो तमास हुन सकिन।
नेपाली समाजमा उथलपुथल हुनेहुँदा,
दुःखमात्र छ खुसिको रास हुन सकिन।
जति लड्छौँ आफ्नैको रगत बगाउँदा,
दुष्ट जिउँदै छ उस्को नाश हुन सकिन।
बिडम्वना भनौं यो देशको र समाजको,
चल्दै छ गृहयुद्ध अबकास हुन सकिन।
आर्कैको लागि ज्यान दिने युवाहरूको,
आफ्नै देश बनाउने सहास हुन सकिन।

nawajiwan
Attariya Hospital

॥२॥

भरिएपछि अपराध र भ्रष्टाचार छचल्किन्छ,
खर्च बढेपछि ऋण नै बरकरार छचल्किन्छ।
देश छैन आत्म निरभर उत्पादन शुन्य भयो,
त्यसैले त संसारमा छ कर्जदार छचल्किन्छ।
बसेका हुन्छन् विदेशी दलालहरू कुनाकुना,
आयश्रोत छैन विदेशी व्यापार छचल्किन्छ।
देश कङ्गाल भयो जनता विदेशका रैती भए,
आक्रोश देखेर नेताका व्यवहार छचल्किन्छ।
समाजमा बड्दै छ अपराध र भ्रष्टाचार यहां,
बडेर जादा देश भित्र अंधकार छचल्किन्छ।
कसैले आफ्नै पार्टी सके भएर आफै जान्ने,
जे जस्तै भएपनि हृदयमा प्यार छचल्किन्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

Advertize US