असोज १७ गते पछि भारी बर्षा : असोज १७ देखि नेपालमा भारी वर्षाको पूर्वानुमान, सचेत रहन मौसम विदको आग्रह

Image
Nisarga Hospital

दशैंको टीकाको भोलिपल्टदेखि नेपालमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले असोज १७, १८ र १९ गतेसम्म बाढी, पहिरो, डुबान, कटान र यातायातमा अवरोधको सम्भावना रहेको चेतावनी दिएको हो ।

CP Hospital Dhangadhi

युरोपियन (ECMWF), जर्मन (ICON) र अमेरिकन (GFS) मोडेलले बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा प्रवेश गर्ने देखाएको छ । यसको असरले विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ ।

असोज १७ देखि पूर्वी नेपालबाट मनसुन सक्रिय भई असोज १८ र १९ मा अझ प्रबल हुने प्रक्षेपण गरिएको छ । यस अवधिमा धेरै स्थानमा मध्यमदेखि भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ ।

nawajiwan
Attariya Hospital

विभागले दशैंको अन्तिम दिनहरूमा हवाई तथा स्थल यातायात प्रभावित हुनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार यसपटकको मनसुन ढिलो बाहिरिने देखिएको छ र बागमती प्रदेश सबैभन्दा बढी प्रभावित हुने सम्भावना छ ।

यस वर्ष मनसुन असार १६ गते प्रवेश गरेको थियो । अब भने दशैंपछिको सक्रियताले पहिरो, बाढी र डुबानको जोखिम बढाउने भएकाले सबैलाई सतर्क रहन विज्ञहरूले अनुरोध गरेका छन् ।