आज कोजाग्रत पूर्णिमा : दशैंको बिदा र लक्ष्मीको स्वागतको रात

Image
Nisarga Hospital

कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदैछ । धार्मिक विश्वास अनुसार आज रात महालक्ष्मी पृथ्वी भ्रमण गर्दै पूजकका घरमा प्रवेश गरी ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन् ।

CP Hospital Dhangadhi

यस दिनदेखि १५ दिन लामो दुर्गा पक्ष अर्थात् बडादशैं औपचारिक रूपमा समाप्त हुन्छ ।बिहान दशैंघरका फूल, प्रसाद र जमरा नदी, पोखरी वा तीर्थस्थलमा विसर्जन गर्ने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार सबै बलि पूर्ति नभएसम्म दशैंको टीका र जमरा लगाउन शास्त्रसम्मत मानिन्छ । आजको दिनलाई कौमुदी पूर्णिमा पनि भनिन्छ ।

Attariya Hospital

भोलिदेखि कात्तिक स्नान र आकाशदीप दान सुरु हुने भएकाले यस पर्वलाई दशैंको बिदा र तिहारको तयारीको प्रतीकका रूपमा मनाइन्छ ।

nawajiwan
Advertize US