आडम्बरी भई कति बस्छ्याैं ए मेरी निष्टुरी
सुगन्ध खाेज्दै वन भरी किन डुल्छ्याैं कस्तुरी ।।

आफैं भित्र छ ज्ञान तत्व भन्ने तिमी किन बुझ्दिनाैं।।
आडम्बरी स्वरुप त्यागी तिमी किन अघि बढ्दिनाैं।।
सारा जगत् जागि सक्याे खै किन तिमी माैन बसेकी
एक पाईलाबाट यात्रा सुरु हुने हाे किन यत्ति नबुझेकी।।

आडम्बरी भई कति बस्छ्याैं ए मेरी निष्टुरी
सुगन्ध खाेज्दै वन भरी किन डुल्छ्याैं कस्तुरी ।।

हरेक पाईला कठिन हाेलान तर संकल्प लिई अघि बढ्नुपर्छ
सफलता एकदिन अवश्य मिल्छ यत्ति त बुझ्नुपर्छ।।
भु-तलमा बसेर रुने हाेईन अब ता जाग उठ हे जाग
आफ्ना हर अधिकार अब ता अघि बढेर माग ।।
आडम्बरी भई कति बस्छ्याैं ए मेरी निष्टुरी
सुगन्ध खाेज्दै वन भरी किन डुल्छ्याैं कस्तुरी ।।
✍️✍️कृष्ण सिंह धामी