सुदूरपश्चिमलगायत चार प्रदेशमा वर्षाको सम्भावना, पश्चिमी वायु सक्रिय

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पश्चिमी भू–भागमा पश्चिमी वायु सक्रिय रहेको जनाएको छ। बाँकी प्रदेशहरूमा कमजोर मनसुनी वायुको प्रभाव जारी छ।

CP Hospital Dhangadhi

मंगलबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा साधारण बदली रहने र केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ।

Attariya Hospital

राति पनि यी प्रदेशहरूमा आंशिकदेखि साधारण बदली रहने र वर्षाको क्रम जारी रहने अनुमान गरिएको छ। विभागले सम्भावित वर्षाका कारण पहिरो तथा यातायातमा अवरोध हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

nawajiwan
Advertize US