हमासको अपहरणमा परेका नेपाली विद्यार्थी बिपिन जोशीको नयाँ भिडियो प्राप्त, आजै सार्बजनिक हुने सम्भावना

Image
Nisarga Hospital

इजरायली गुप्तचर निकायले किबुत्ज आलुमिमबाट हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी बिपिन जोशीको नयाँ भिडियो फेला पारेको जेरुसेलम पोस्टले जनाएको छ। बन्धक परिवार फोरमले उक्त भिडियो बुधबार बेलुकी सार्वजनिक गरिने जनाएको हो।

CP Hospital Dhangadhi

जोशी परिवारले विज्ञप्तिमार्फत भनेको छ, “गाजामा फेला परेको यो जीवनको प्रमाणले हामीलाई उहाँ जीवित हुनुहुन्छ भन्ने अटल विश्वास दिलाएको छ।” कृषि शिक्षा कार्यक्रममा सहभागी हुन इजरायल पुगेका जोशीलाई गत वर्ष आलुमिमबाट अपहरण गरिएको थियो।

Attariya Hospital

वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार, जोशीले आश्रयस्थलमा लुकेका साथीहरूको ज्यान बचाउन उल्लेखनीय साहस देखाएका थिए। उनले दुई ग्रेनेडमध्ये एक फ्याँक्न सफल भए पनि दोस्रो नफ्याँकिँदा विस्फोट भएर उनका पाँच साथी घाइते भएका थिए।

nawajiwan

जेरुसेलम पोस्टका अनुसार, जोशीलाई अपहरणपछि गाजास्थित शिफा अस्पतालमा राखिएको थियो। पछिल्ला प्रमाणहरू सीमित भए पनि यो नयाँ भिडियोले उनको जीवित अवस्थाबारे आशा बलियो बनाएको छ।