दुर्गा प्रसाईंको म्याद पुनः ४ दिनले बढ्यो, सार्वजनिक शान्ति भंगसम्बन्धी आरोपमा अनुसन्धान जारी

Image
Nisarga Hospital

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रहरीले थप ४ दिन म्याद थप गरेको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनको हिरासत म्याद थप ४ दिनका लागि बढाउने निर्णय गरेको प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

CP Hospital Dhangadhi

प्रसाईंले मंसिर ७ गते देशभर आन्दोलन गर्ने घोषणा गर्दै तयारी गरिरहेका बेला काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले उनलाई पक्राउ गरेको थियो।

Attariya Hospital

प्रहरीका अनुसार प्रसाईंले सार्वजनिक शान्ति भंग हुनसक्ने अभिव्यक्ति तथा गतिविधि गरेको आशंकामा पक्राउ गरिएको हो। म्याद थपसँगै उनी कम्तिमा अर्को ४ दिनसम्म प्रहरी हिरासतमा रहनेछन्।

nawajiwan