रामेछाप बस दुर्घटना अपडेट: १२ मध्ये ९ मृतकको सनाखत, खोजी कार्य जारी

Image
Nisarga Hospital

रामेछापको सिरिसे ढाँडे हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस तामाकोशी नदीमा खस्दा ज्यान गुमाएका १२ जनामध्ये ९ जनाको पहिचान खुलेको छ। मंगलबार बिहान रामेछापको मचानेटार भन्ने स्थानबाट बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटनामा परेको थियो।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार दुर्घटनामा ७ पुरुष र ५ महिला गरी १२ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको छ। दुर्घटनापछि उद्धार गरी निकालिएका सबै शव मन्थली अस्पतालमा राखिएको छ। सशस्त्र प्रहरी बलको गोताखोर टोलीले तामाकोशी नदीमा सम्भावित थप खोजी कार्य अझै जारी राखेको छ।

Attariya Hospital

पहिचान खुलेका मृतकमा दोलखा भिमेश्वर नगरपालिका र रामेछाप लिखु तामाकोशी गाउँपालिकाका बासिन्दा बढी रहेका छन्। मृतकहरूमा बबि तामाङ, मानबहादुर तामाङ, दिपेश बस्नेत, सानुमाया तामाङ, तारा तामाङ, भिमबहादुर तामाङ, रमिता तामाङ, दिपेन्द्र बस्नेत र सिन्धुली गोलन्जोरका शिव श्रेष्ठ रहेका छन्।

nawajiwan

प्रहरीका अनुसार अन्य ३ जना मृतकको सनाखत हुन बाँकी छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।