पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: पहाड–हिमालमा वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

हाल देशको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले पहाडी तथा हिमाली भूभागमा सामान्य बदली छ भने तराईमा मौसम मुख्यतया सफा रहेको छ।

CP Hospital Dhangadhi

आज दिउँसो तराईका केही स्थानमा बिहान हुस्सु लाग्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। ती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

Attariya Hospital

आज राति तराईका केही स्थानमा तुवाँलो लाग्न सक्नेछ। हिमाली भूभागमा सामान्य बदली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

nawajiwan

चट्याङसहित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।