
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले उक्त आदेश दिएको हो। ओलीकी पत्नी राधिका शाक्यले पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्रीका रूपमा गरिएको निर्णयमाथि प्रश्न उठेपछि यो प्रकरण अघि बढेको हो। घटनाको छानबिनका लागि बनेको जाँचबुझ आयोगले ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धान गर्न सिफारिस गरेको थियो।

सोही सिफारिसका आधारमा शनिबार बिहान दुवै जना पक्राउ परेका थिए। अहिले अदालतको आदेशपछि सरकारको जवाफप्रति चासो बढेको छ।































