निर्माण कम्पनीलाई ७ दिने अल्टिमेटम, ठेक्का अन्त्य र कालोसूचीको चेतावनी

Image
Nisarga Hospital

सडक डिभिजन कार्यालय भरतपुरले सम्झौता अनुसार सडक निर्माण नगर्ने दुई निर्माण कम्पनीलाई ७ दिने अन्तिम चेतावनी दिएको छ। कार्यालयले शुक्रबार सूचना जारी गर्दै काम सुरु गरेर पनि बीचमै रोक्ने, कार्यतालिका अनुसार प्रगति नगर्ने र समयसीमा उल्लङ्घन गर्ने प्रवृत्तिप्रति आपत्ति जनाएको हो।

CP Hospital Dhangadhi

परासी निर्माण सेवा प्रालि र डोलेप कन्स्ट्रक्सनले विभिन्न सडक स्तरोन्नति आयोजनाको ठेक्का लिएर काम अलपत्र पारेको उल्लेख गरिएको छ। हुलाकी राजमार्ग, देवचुली–गैँडाकोट कोरिडोर तथा शक्तिखोर–सिद्धि सडक खण्डका काम समयमा सम्पन्न नभएको जनाइएको छ।

Attariya Hospital

सडक डिभिजनले सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ अनुसार सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउन सकिने चेतावनी दिएको छ। ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण र काम सुरु नभए स्वतः कारबाही अघि बढाइने स्पष्ट गरिएको छ।

nawajiwan