बर्डफ्लु संक्रमित पन्छी बिक्री गरे कडा कारबाही, विभागको चेतावनी

Image
Nisarga Hospital

पशुसेवा विभागले बर्डफ्लु संक्रमित कुखुरा, हाँस, बट्टाइलगायत पन्छी तथा तिनका उत्पादन बिक्री–वितरण गरे कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ। विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले आमनागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न व्यवसायीलाई आग्रह गर्दै संक्रमित पन्छी बजारमा ल्याएको पाइएमा कानुनी कारबाही गरिने स्पष्ट पारे।

CP Hospital Dhangadhi

गत चैतदेखि देशका ११ जिल्लामा बर्डफ्लु फैलिएको र भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाइएको विभागले जनाएको छ। काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा प्राविधिक टोली तथा ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन गरिएको छ।

Attariya Hospital

विभागका अनुसार हालसम्म करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको छ। मरेका वा संक्रमित पन्छी जथाभावी फाल्दा मानिसमा पनि संक्रमण सर्न सक्ने जोखिम भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत विवरण सङ्कलन भइरहेको विभागले जनाएको छ।

nawajiwan