मूल्य बढेर आए पनि पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत, निगमलाई १५ दिनमै सवा अर्ब घाटा

Image
Nisarga Hospital

काठमाडौं, भदौ १६ ।नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (IOC) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाली बजारमा खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ। मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आएपछि नयाँ मूल्य सूची बढेर आएको हो।आईओसीले मिति २०८३ भदौ १५ गते पठाएको नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर रु. ३.३४, डिजेलमा रु. ४.३३, मट्टितेलमा रु. १०.१९, हवाई इन्धनमा प्रतिलिटर रु. ४.९६ र एलपी ग्यासमा प्रतिसिलिन्डर रु. ३५.६२ मूल्य बढेर आएको छ।तर, भोटेकोशीमा आएको असाधारण बाढीका कारण सिर्जित असहज परिस्थितिलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिको बैठकले उपभोक्ता हितका लागि मूल्य नबढाउने निर्णय गरेको हो। यो निर्णय २०८३ भदौ १७ गते (सेप्टेम्बर २, २०२६) विहान ००:०१ बजेदेखि लागू हुने गरी साविककै खुद्रा बिक्री मूल्यलाई यथावत राखिएको निगमले जनाएको छ। हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) पोखरा र भैरहवाको हकमा भने ‘ब्रेकइभन पोइन्ट’ (नाफा नोक्सान नहुने विन्दु) मा बिक्री मूल्य कायम गरिएको छ।नयाँ मूल्य विवरण (डिपो/कार्यालयदेखि १५ किमि र एलपी ग्यास उद्योगदेखि ५० किमिसम्म लागू हुने):पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज): पेट्रोल र डिजेल/मट्टितेल प्रतिलिटर रु. १९७.५०दोस्रो वर्ग (सुर्खेत र दाङ): पेट्रोल र डिजेल/मट्टितेल प्रतिलिटर रु. १९९.००तेस्रो वर्ग (काठमाडौं, पोखरा र दिपायल): पेट्रोल र डिजेल/मट्टितेल प्रतिलिटर रु. २००.००हवाई इन्धन (आन्तरिकतर्फ): प्रतिलिटर रु. २४९.००हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ – काठमाडौंका लागि): प्रति किलोलिटर अमेरिकी डलर १६९७एलपी ग्यास (१४.२ केजी): प्रतिसिलिन्डर रु. २०६०.००उपभोक्ताको राहतका लागि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा र आईओसीको दर उच्च हुँदा पनि खुद्रा बिक्री मूल्य पुरानै कायम राख्दा निगमलाई ठूलो वित्तीय भार थपिएको छ। हालको स्थिति अनुसार निगमलाई पाक्षिक (१५ दिन) रूपमा मात्रै करिब रु. १ अर्ब २४ करोड ३७ लाख घाटा हुने प्रक्षेपण गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital