आयरल्यान्डका अलराउन्डर क्याम्फरद्वारा लगातार पाँच बलमा पाँच विकेटको कीर्तिमान

Image
Nisarga Hospital

आयरल्यान्डका अलराउन्डर कर्टिस क्याम्फर व्यावसायिक क्रिकेटमा लगातार पाँच बलमा पाँच विकेट लिने पहिलो पुरुष खेलाडी बनेका छन्। मन्स्टर रेड्सबाट खेलेका क्याम्फरले इन्टर-प्रोभिन्सियल टी–२० ट्रफीमा नर्थ–वेस्ट वारियर्सविरुद्ध यो कीर्तिमान बनाएका हुन्।

CP Hospital Dhangadhi

क्याम्फरले २.३ ओभरमा १६ रन खर्चेर ५ विकेट लिए। कप्तानसमेत रहेका उनले दोस्रो र तेस्रो ओभरमा पाँच विकेट लिएका थिए। वारियर्स ८७/५ को अवस्थामा ८८ रनमै अलआउट भयो।

Attariya Hospital

१२औँ ओभरको पाँचौँ बलमा जारेड विल्सनको स्टम्प उडाउँदै उनले सुरुवात गरे। त्यसपछि ह्युमलाई एलबीडब्लु, म्याकब्राइनलाई क्याच आउट, मिलरलाई विकेटकिपरले समाते र अन्त्यमा जोस विल्सनको स्टम्प भत्काउँदै पाँच बलमा पाँच विकेट लिए।

nawajiwan

यो कीर्तिमान महिलातर्फ २०२४ मा जिम्बाब्वेकी केलिस एनढ्लोभुले पनि बनाएकी थिइन्।