सरकारद्वारा सामाजिक सञ्जाल सूचीकरण तीव्र, भीपीएन प्रयोग नगर्न चेतावनी

Image
Nisarga Hospital

नेपाल सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित, मर्यादित र जवाफदेही बनाउने उद्देश्यसहित सूचीकरण प्रक्रिया तीव्र बनाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनेको छ, सूचीकरण नपुगेका सञ्जालहरूलाई नेपालभित्र निष्क्रिय गराइएको छ। यसैबीच, पात्रो र ग्लोबल डायरी सक्रिय भइसकेका छन् भने एक्स र वी च्याटले सूचीकरणका लागि आवश्यक जानकारी मागेको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

मन्त्रालयले सर्वसाधारणलाई चेतावनी दिँदै सूचीकरण नभएका सञ्जाल प्रयोग नगर्न र असुरक्षित भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)बाट जोगिन आग्रह गरेको छ। सूचीकरण शुल्क नलाग्ने र पूरा भएपछि सञ्जाल पुनः सक्रिय हुने बताइएको छ। सबै सञ्जाललाई नेपालमा सम्पर्क बिन्दु, गुनासो सुन्ने अधिकारी र स्वनियमन अनुगमन अधिकारी तोक्न मन्त्रालयले आग्रह गरेको छ।