आईसीसी टी–२० विश्वकप एसिया/ईस्ट एशिया पेसिफिक छनोट: सुपर सिक्समा नेपाल अग्रस्थानमा 🇳🇵🏏

Image
Nisarga Hospital

ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एशिया पेसिफिक छनोटको सुपर सिक्स समीकरण पूर्ण भएको छ। समूह चरणको अन्तिम खेलमा ओमानले पपुवा न्यू गिनी (PNG) लाई पराजित गरेसँगै सुपर सिक्समा प्रवेश गर्ने सबै टोलीको टुंगो लागेको हो।

CP Hospital Dhangadhi

समूह चरणबाट आयोजक ओमान, नेपाल र यूएई अपराजित रहँदै अगाडि बढेका छन् भने सामोआ, जापान र कतार एक–एक जितसहित सुपर सिक्समा प्रवेश गरेका छन्। समूह १ मा शीर्षस्थानमा रहेको यूएई २ अंकसहित अघि बढ्दा नेपाल समूह २ को विजेता २ अंक लिएर सुपर सिक्समा पुगेको छ। समूह ३ बाट ओमान विजेताका रूपमा ३ अंकसहित अगाडि छ।

सुपर सिक्समा समूह चरणमा खेलेका टोलीहरू एकआपसमा पुनः खेल्ने छैनन्, तर समूह चरणमा जितेका अंकहरू सुपर सिक्समा जोडिनेछन्।

nawajiwan

हाल सुपर सिक्सको अंकतालिकामा ओमान पहिलो, नेपाल दोस्रो र यूएई तेस्रो स्थानमा छन्। कतार चौथो, जापान पाँचौं र सामोआ छैटौं स्थानमा छन्।

Attariya Hospital

नेपालको सुपर सिक्स खेलतालिका:

* यूएई: २६ असोज, ४:१५ अपराह्न
* कतार: २७ असोज, ८:४५ साँझ
* सामोआ: २९ असोज, ८:४५ साँझ
* ओमान: ३० असोज, ४:१५ अपराह्न

नेपालले ४ मध्ये ३ खेल जितेमा शीर्ष ३ मा पर्छ र विश्वकपमा छनोट हुनेछ। यूएईसँगको पहिलो खेलमा जित नेपालका लागि बलियो सुरुवात हुनेछ।